📖 यात्रा वर्णन

कक्षा ८ - नेपाली विषय

🔍 यात्रा वर्णन के हो?

आफूले गरेको यात्रालाई कथात्मक वा निबन्धात्मक शैलीमा लेखिएको रचना नै यात्रा वर्णन हो। यसलाई यात्रा निबन्ध वा यात्रा वृत्तान्त पनि भनिन्छ।

📋 यात्रा वर्णनको संरचना
संरचनाका अंगहरू विवरण
१. शीर्षक यात्राको गन्तव्य वा मुख्य विषयवस्तुलाई जनाउने आकर्षक शीर्षक
२. प्रस्तावना यात्राको उद्देश्य, समय, साथी र तयारी सम्बन्धी जानकारी
३. यात्रा क्रम यात्राका क्रममा देखेका दृश्य, घटना र अनुभवहरूको सिलसिलाबद्ध वर्णन
४. स्थानीय विशेषता सामाजिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक अवस्थाको वर्णन
५. व्यक्तिगत अनुभव रमाइला र नरमाइला दुवै प्रकारका अनुभवहरू
६. उपसंहार यात्राबाट प्राप्त सिक, अनुभूति र भावी योजना

✨ यात्रा वर्णनका प्रमुख विशेषताहरू

यात्राका क्रममा आफूले देखेभोगेका विभिन्न दृश्य, घटना, अनुभव आदिलाई साहित्यिक शैलीमा वर्णन गरिन्छ।
यात्रामा देखेभोगेका विषयवस्तुलाई सिलसिलाबद्ध रूपमा टिपोट गरिन्छ।
यात्राका क्रममा भोगेका रमाइला र नरमाइला दुवैखाले अनुभवलाई जस्ताको तस्तै उतारिन्छ।
सम्बन्धित क्षेत्रको सामाजिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक अवस्थाको जानकारी दिएर विषयवस्तु प्रस्तुतीकरण गरिन्छ।
सामान्यतः यात्रा वर्णन भूतकालिक क्रियापदको प्रयोग गरी लेखिने भए पनि कहिलेकाहीँ यात्राको विषयवस्तु र सन्दर्भअनुसार वर्तमान कालका क्रियापदको प्रयोग गर्न पनि सकिन्छ।
यात्रा वर्णन आत्मपरक शैलीमा लेखी पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको छु भन्ने अनुभूति दिलाउने गरी तयार गरिनुपर्छ।